उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, उच्च सतर्कता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

rain

काठमाडौं, ४ असार । मनसुनी वायुको प्रभावले आज काठमाडौं उपत्यका सहित देशका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । आजबाट ५ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको पनि बिभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको र क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ ।

वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्नुका साथै बाढी पहिरोको संभावना रहेकाले सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);