मनसुनी वर्षा पुनः सक्रिय, सावधानी अपनाउन मौसमविद्को आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनसुनी वर्षा पुनः सक्रिय, सावधानी अपनाउन मौसमविद्को आग्रह

mausam

काठमाडौं, ८ साउन । मनसुनी वर्षा पुनः सक्रिय भएको मौसमविद्हरुले बताएका छन् ।

मनसुनी न्युन चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बलदी भई अधिकांश स्थानमा वर्षा हुनेछ भने थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

त्यस्तै, बिहीबार पनि देशभर सामान्य बदली रहनेछ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);