पहाडमा पहिराे तराइमा बाढी फेरी आउनसक्छ सतर्कता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पहाडमा पहिराे तराइमा बाढी फेरी आउनसक्छ सतर्कता अपनाउन आग्रह

sindhuli

काठमाडौं, ३० असार । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागमा अवस्थित छ, जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि बिस्तारै कमजोर भएर जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पूर्वी र पश्चिमी तराईका धेरैजसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरी पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना भएको बताउँदै यसका कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र तराईमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सोमबार पनि देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । देशको खासगरी मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यसैगरी, सोमबार राति देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ । देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । देशको खासगरी मध्य र पश्चिमका क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);