आजको मौसमः यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

आजको मौसमः यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम हुँदै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply