धादिङमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

धादिङमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

धादिङ, ६ साउन ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । सोमबार राति परेको अविरल वर्षासँगै गएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको हो ।

प्रहरी, उद्धारकर्मी र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार मात्रै गजुरी गाउँपालिकाकी १७ वर्षीय निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो ।

निरन्तरको वर्षाले जिल्लाको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा क्षति पुर्याएको छ । धादिङ र चितवन जोड्ने मौवाखोलाको पुल भत्किदाँ आवातजावत ठप्प छ । पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडकसमेत अवरुद्ध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);