ट्रम्प भन्छन् 'उत्तर कोरियामाथि एउटै कुराले काम गर्ने छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि उत्तर कोरियासँगको वार्ता नतिजामुखी हुन नसकेको कारण उत्तर कोरियामाथि अब एउटै कुराले काम गर्ने बताएका बीबीसीले जानकारी दिएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल मार्फत ट्वीट गरेका अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न विगत २५ वर्ष देखि खोजेको तर केही नतिजा केही नआएको कारण विकल्प एउटै मात्र रहेको बताएका छन् ।

तर ट्रम्पले त्यो एउटै कुरा भन्नुको तात्पर्य खुलाएका छैनन्।उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देश चर्को आरोप प्रत्यारोपमा व्यस्त छन्।अमेरिकाले क्षेप्यास्त्र परीक्षणहरु रोक्नका निम्ति उत्तर कोरियामाथि दबाब दिंदै आएको छ।

हालै उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने पारमाणविक युद्धशीर्षको पनि विकास गरेको बताएको थियो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);