त्रिकोणात्मक टी–२० सिरीजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरीजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

tri series nepal

काठमाडौं, ११ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्का १८, इसान पान्डे ४, आरिफ शेख, कुशल मल्ल मात्र २ रनमा मैदान बाहिरिए । तर दिपेन्द्रसिंह ऐरी र सन्दिप जोराले पाँचौ विकेटका लागि ३४ रनको साझेदारी गर्दै खेललाई अघि बढाए भने सोमपाल कामीले २५ रन र विनोद भण्डारी ११ रनमा अविजीत रहे ।

जवाफमा जिम्बावेले १८ ओभर १ वलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);