सीपीएल टी–ट्वान्टी क्रिकेटमा ट्रिनबागो जितः ९ विकेटले जमैका पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीपीएल टी–ट्वान्टी क्रिकेटमा ट्रिनबागो जितः ९ विकेटले जमैका पराजित

एजेन्सी, २४, भदौ । क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलाबाज पराजित भएको छ ।
.
मंगलबार राति ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

नेपाली खेलाडी सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर विकेट भने लिन सकेनन् । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए । यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे । जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ र खारी पेरीले २ विकेट लिए ।

अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);