नेपाल टी –२० वरियतामा यथावत, पाकिस्तान र इंग्ल्याण्ड शिर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

नेपाल टी –२० वरियतामा यथावत, पाकिस्तान र इंग्ल्याण्ड शिर्ष स्थानमा

nepal t-20

काठमाडौं, १९ साउन । नेपाल टी–२० वरियतामा यथावत रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको हो । नेपालले १४ टी–२० बाट २ सय १ रेटिङ पनि पाएको छ ।

नेपालले जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

टी– २० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटोमा न्यूजिल्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इण्डिज र दशौंमा बंगलादेश रहेका छन् ।

एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);