आईपीएल: किंग्स इलाभेन पञ्जावद्धारा राजस्थान पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईपीएल: किंग्स इलाभेन पञ्जावद्धारा राजस्थान पराजित

panjab

काठमाडौं, १२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जावले विजयी सुरुवात गरेको छ ।

सोमवार राति जयपुरस्थित राजस्थानको मैदानमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो । खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १ सय ७० रनमै समेटियो । उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले ७९ रन बनाउँदा सर्फराज खानले अविजित ४६ रनको योगदान दिए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । आईपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग खेल्नेछ । पहिलो खेलमा विजयी भएका दिल्ली र चेन्नाई आज लगातार दोस्रो जितको खोजीमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);