एथ्लेटिक्समा स्वर्ण पदक बिजेता अजित यादवलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एथ्लेटिक्समा स्वर्ण पदक बिजेता अजित यादवलाई सम्मान

काठमाडौं, १२ चैत । हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका अजित कुमार यादवलाई नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ ।

संघले मंगलवार राजधानीमा सम्मान कार्यक्रम आयोजना गर्दै ३ हजार मिटर दौडमा स्वर्ण जितेका अजितलाई टिभिएस मोटरसाइकलको चावी हस्तानतरण गरेको हो। यस्तै अजितका प्रशिक्षक धनीराम चौधरीलाई नगद १ लाख प्रदान गर्ने निर्णय पनि संघले गरेको छ ।

यसअघि नै प्रदेश २ सरकारले अजितलाई नगद ५ लाख प्रदान गर्ने घोषणा गरिसकेको छ। अजितलाई विभिन्न संघसंस्थाले पनि एक वर्षसम्मका लागि मासिक नगद दिने घोषणा गरेका छन् । सम्मानले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने अजितले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);