राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष कोईरालाले पलिस्थालाई २०१९ को बर्ष खेलाडीबाट गरे सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष कोईरालाले पलिस्थालाई २०१९ को बर्ष खेलाडीबाट गरे सम्मान

काठमाडौं, १५ पुष । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक प्रदान गर्दै आएको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीले पाएकी छन् । बुधबार एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले पलिस्थालाई २०१९ को बर्ष खेलाडीबाट सम्मान गर्नु भएको हो ।

कक्षपतीले नगद ५० हजार सहित सम्मान पत्र पाएकी छन् । कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिखसम्म थाईल्याण्डमा भएको १६ औं बिश्व मुवाँथाई च्याम्पियनसिप – २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।

संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोरोनाका कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएकाले अहिले उक्त सम्मान गरिएको हो । यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक प्रदान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);