विश्वकप हेर्न ट्र्याक्टरमा रुसतर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विश्वकप हेर्न ट्र्याक्टरमा रुसतर्फ

german tractor

एजेन्सी , २६ जेठ ।  ट्र्याक्टर चढेर तपाईं कहाँ सम्म पुग्न सक्नुहुन्छ ? एक जर्मन फुटबल समर्थक भने ट्र्याक्टर चढेर अबको पाँच दिनपछि सुरु हुने २१औं संस्करणको विश्वकप हेर्न रुसतर्फ लागेका छन् । ७० वर्षीय जर्मन समर्थक हुबर्ट विर्थ आफ्नो घर जर्मनीको फोझेइमबाटै भिन्टेज १९३६ ट्र्याक्टर चढेर रुस पुगेका हुन् ।

विर्थले बुधबार नै जर्मनीबाट रुससँगको सीमा पार गरेका छन् । सीमामा रुसी अधिकारीहरूले विर्थलाई स्वागत गरेका थिए । रुसी अधिकारीहरूले उनलाई ट्र्याक्टर र उनको सामानका लागि तिर्नुपर्ने करमा समेत छुट दिएको जनाइएको छ । ट्र्याक्टरमा आफ्नो कुकुरसहित फोझेइमबाट हिँडेका विर्थ रुसको राजधानी मस्कोसम्म पुग्नेछन् । प्रतिघन्टा ३० किलोमिटरको गतिमा दौडने ट्र्याक्टरबाट उनी १० दिनको यात्रापछि मस्को पुग्ने योजनामा छन् ।

विर्थले आफ्नो ट्र्याक्टरमै आफू सुत्ने र खाने ठाउँसमेत बनाएका छन् । रुस विश्वकप फुटबलमा विर्थको देश जर्मनीले चार वर्षअघि ब्राजिलमा आफूले जितेको उपाधि रक्षा गर्ने प्रयास गर्नेछ । सन् २०१४ को फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको थियो । जर्मनी यसपटक मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेको समूह ‘एफ’मा परेको छ ।

जर्मनीले जुन १७ मा मेक्सिको, जुन २३ मा स्विडेन र जुन २७ मा दक्षिण कोरियासँग खेल्नेछ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);