उपनिर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवको सरुवा गरेको भन्दै कांग्रेसको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपनिर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवको सरुवा गरेको भन्दै कांग्रेसको आपत्ती

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसले आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई प्रभाव पार्ने गरि सहसचिवहरुको सरुवा गरेको भन्दै आपत्ती जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले निर्वाचनलाई प्रभावित पार्ने गरि सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै आपत्ती जनाउनुभएको हो ।

श्रावण १६ गतेको मन्त्रीपरिषद् बैठकले आउँदो मंसिर १४ गते रिक्त रहेका ५० स्थानमा तीन तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी सुरु गरिसकेको छ ।

निर्वाचनको तयारी भईरहेका बेला भदौ ४ गते सरकारले ७६ जना सहसचिवलाई सरुवा गरेको हो । बैठकमा नेकपाका सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बिशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);