यो सरकार ठूला ठूला भ्रष्टाचारका घटनालाई लत्याउँदै छ : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यो सरकार ठूला ठूला भ्रष्टाचारका घटनालाई लत्याउँदै छ : नेता रावल

Bhim-rawal

काठमाण्डौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार स्वइच्छाचारी ढंगले राष्ट्रिय हित विपरित सन्धि सम्झौता गर्न अघि बढेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।

 

वर्तमान सरकारले नेपालको दीर्घकालिन राष्ट्रिय हित विपरित काम गरेको, प्रशासनलाई स्वईच्छाचारी ढंगले चलाएको, निर्वाचन आचार संहितको उलंघन गरेको तथा ठुला ठुला भ्रष्टाचारका घटनालाई अन्देखा गरेको आरोप एमालेको आरोप छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा पार्टीको तर्फबाट धारणा राखेका उपाध्यक्ष भीम रावलले सरकार राष्ट्रिय हित विपरित दीर्घकालिन महत्वका निर्णय गर्न अघि बढेको भन्दै आपत्ती जनाएका हुन् ।

 

पश्चेश्वर आयोजनाको डिपीआर निर्माणका लागि सरकारले हालै नेपाली टोली भारत पठाएको भन्दै उनले कसैको इकाईको रुपमा नेपाललाई नबुझ्न चेतावनी समेत दिए । राष्ट्रिय हितको सम्पुर्ण विषयलाई चक्नाचुर गरेर सरकार अघि बढेको आरोप लगाउदै उनले आचार संहिता लागु भईसकेपछि रातारात सम्झौता गर्ने अधिकार सरकारलाई नरहेको भन्दै तत्काल त्यस्ता काम रोक्न चेतावनी दिए ।

 

उपाध्यक्ष रावलले ग्यास र पेट्रोलियम पाईपलाईन विस्तार गर्ने सम्बन्धमा सर्वेक्षण गर्ने काम सुरु गरेर सरकारले स्वइच्छाचारी ढंगले कानुन र प्रणाली मिच्ने काम गरेको दाबी गरे ।

 

उपाध्यक्ष रावलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधनका बारेमा दिएको अभिव्यक्तिले सार्वभौम संविधानसभाका सदस्यको अपमान भएको दाबी गरे ।

 

सरकार संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि उपाध्यक्ष रावलले लगाए । सरकारले निर्वाचन आचार संहिता विपरित मनपरि ढंगले कर्मचारीको सरुवा गरेर आगामी निर्वाचनलाई प्रभाव पार्ने काम गरेको भन्दै उनले प्रशासनलाई स्वइच्छाचारी ढंगले नचलाउन सरकारलाई चेतावनी दिए ।

 

आफुहरुले उठाएका मागबारे सरकारले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै एमाले सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले अर्को बैठकमा जानकारी गराउन सरकारका नाममा रुलिङ गरेकी थिईन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);