सिके राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै भीम रावलको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिके राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै भीम रावलको आपत्ती

ck

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसंग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताए । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

उनले राउतसंगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक छलफल नै नगरिएको भन्दै स्थायी समिति, केन्द्रीय कमिटीमा छलफल चलाउनुपर्ने आवश्यकता औल्याए । राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने नेता रावलको तर्क छ । उनले राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै आपत्ती जनाए ।

नेता रावलले पार्टी सामुहिकतामा नभई एक वा दुई जनाको निर्देशन र चाहना अनुसार संञ्चालन भएको भन्दै असन्तुष्टी जनाए । राजद्रोहको मुद्धामा सरकारले नै कारवाही गरेको व्यक्तिलाई कुनै भु-भाग जितेर आएजस्तो गरि सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको उनको टिप्पणी छ ।

सशस्त्र द्धन्द्धकालिन समयका मुद्धाहरु अझै किनारा लागि नसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्धामा छुट दिन नमिल्ने उनको तर्क छ । सरकार र राउतसंग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हित विपरित भएको भन्दै उनले त्यसले कुनै पनि समय राष्ट्र र राष्ट्रियतालाई ठूलो आघात पुराउने बताए । सरकारले राउतसंग गरेको सहमतिको सत्तारुढ दल नेकपाको शीर्ष तहमा नै असन्तुष्टी देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);