एउटा चुनाव जित्दैमा धेरै फुर्ती नगर्न राजपालाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एउटा चुनाव जित्दैमा धेरै फुर्ती नगर्न राजपालाई प्रधानमन्त्रीको आग्रह

kp oli

रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चुनाव जित्दैमा धेरै फुर्ती-फार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुणतामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

राजनीतिक स्थिरताका कारण देशको विकास गर्न सहज भएको बताउँदै प्रधानमन्त्री ओलीले तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको जानकारी दिए ।

संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहलाई विकासको तीब्र प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताए ।

प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए ।

लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको जानकारी दिए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);