यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । 

उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);