घरमा बिजुली आएन ? यो नम्बरमा फोन गर्नुहोस् शुल्क लाग्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, १९ भदौ । सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर ११५१ संचालनमा ल्याएको छ ।

 

सोमबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ऊर्जासँग सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ टोल फ्रि नम्बर ११५१ सेवाको शुभारम्भ गरेका हुन् ।

 

टोल फ्रि नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री शाहीले विश्वास व्यक्त गरे । उर्जा मन्त्रालयले टोल फ्रि नम्बरमार्फत जनताका मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो ।

 

मन्त्री शाहीले जनतालाई सोझै सरकारसँग जोड्ने माध्यामको रुपमा पनि टोल फ्रि नम्बर सेवा संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारे । उनले यो सेवाबाट मुलुकको उर्जा क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);