उम्मेदवारको लागि नेताको दौडधुप, राहतको पर्खाइमा जनता | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

राकेश यादव, रौतहट, १९ भदौ । दुई नम्बर प्रदेशमा स्थानीय निर्वाचन नजिकिएसँगै उम्मेद्वार बन्ने होडमा पार्टी परिवतर्नको लहरनै चलेको छ । नेताहरु टिकटको लागि दौडधुप गरिरहदाँ बाढी प्रभावित मतदाताको अवस्थाबारे भने चासो दिएको देखिदैन । झन्डै २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन नजिकिएसँगै रौतहटमा चुनावी माहौल बढ्दै गएको छ ।

 

टिकट पाउनकै लागि पार्टी फेरबदल गर्नेको होड नै चलिरहेको छ । शिर्ष नेताहरु आफै जनताका घरदैलोसम्म पुगेर भोट माग्नमा व्यस्त छन् । मतदाता पनि चुनावलाई लिएर उत्साहित छन् । तर राजनीतिक दलहरुले जनताको मत पाउनका लागि मन जित्न नसकेको स्थानीयको गुनासो छ ।हिजोको दिनमा मधेशका नारा लगाउने मधेशी नेताहरु आज जनताको समस्या भन्दा पार्टीमा आफ्नो स्थान सुरक्षीत गर्नमा व्यस्त भएको रौतहटबासीको आरोप छ ।

 

रौतहटबासी यतिखेर राहतको आशमा दिन विताइरहेका छन् । उनीहरुको घाउमा मलह्म लगाउने कोही छैन । जनताको मन जित्ने नेताहरुका लागि यो राम्रो अवसर भएपनि उनीहरुले भने त्यसलाई सदुपयोग गर्न सकेका छैनन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);