सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाउन खोज्यो : अनिता देवकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाउन खोज्यो : अनिता देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी हुन्।

उनले सरकारले नागरिकको हित विपरित केवल आफ्नो अभिष्ट पुरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको भन्दै आफै कानुन बनाउने, कार्यान्वयन गने र कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायि प्रस्तुत गरेको बताएकी छन्।

उनले सरकारले घोषणा गरे अनुसार कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता समेत उपलब्ध नगराएकोप्रति आक्रोस व्यक्त गरेकी छन्। उनले शिक्षा क्षेत्रपनि तहसनहस भएको उल्लेख गर्दै कोभिड १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरु आन्दोलित भइरहेको भएपनि सरकार बेखबर जस्तै भएको आरोप लगाएकी छन्।

उनले महिला हिंसाका घटनामा वृद्धि भईरहेको भन्दै यस्ता संवेदनशील विषयहरुमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले तदारुकता नदेखाएको बताएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);