प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । एमालेभिको एकताका लागि सहमति हुन ढिलाई भएकै समयमा आज अपराह्न चार बजेका लागि बैठक बोलाईएको हो ।

तर यता पार्टी एकताका लागि गठित कार्यादलको बैठक सिंहदरमा जारी रहेकै समयमा प्रधानमन्त्री ओलीले स्थाई कमिटीको बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

हिजो बसेको कार्यादलको बैठक पनि एमालेका दुवैतर्फका नेताहरुले आइतबार विहान सम्म सुखद खवर आउने जानकारी दिएपनि अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।

उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेका केही मागबारे अझै सहमति हुन नसेका कारण प्रधानमन्त्री ओलीले ठिक यसै समयमा स्थायी कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);