काठमाडौं ।
नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।
नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने चेतावनी पनि दिनुभयो । दंगालले यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । त्यसपछि सदनको मुद्दा समाप्त हुने र संघर्षको केन्द्र सडक बन्ने उहाँको भनाइ छ । उहाँले कानून निर्माण संसदबाटै हुनुपर्नेमा जोड दिनुभयो ।–




