अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८ - ०७९ को बजेट आज सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८ – ०७९ को बजेट आज सार्वजनिक हुँदै

काठमाडौं ।  सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

विशेष गरेर कोरोना संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ । कार्यक्रममा विपक्षी दलका नेता,सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);