एनसेलले तिर्न बाँकी आयकर ३९ अर्ब ६ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनसेलले तिर्न बाँकी आयकर ३९ अर्ब ६ करोड

Ncell-logo

काठमाडौं, ४ बैशाख । ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने आयकर निर्धारण गरेको छ । कार्यालयका अनुसार कम्पनीले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कुल ३९ अर्ब ६ करोड रुपैयाँ दाखिला गर्न बाँकी छ । अहिलेसम्म एनसेलले ठूला करदाता कार्यालयमा पुँजीगत लाभकर २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शुल्क दुई अर्ब दुई करोड रुपैयाँ बुझाएको थियो ।

ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिका नाममा उक्त रकम निर्धारण गर्दै आठ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ । टेलिया सोनेरा कम्पनी स्विडेनले मलेसियाको एक्जिएटा बरहादलाई एक खर्ब ४३ अर्ब ६५ करोडमा एनसेल बिक्री गरेको थियो ।

-आयकर ऐन, २०५८ बमोजिम २५ प्रतिशतले हुने कर : ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय

-उक्त ऐनबमोजिमको विलम्ब शुल्क : १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार

-ऐनबमोजिमको ब्याज (०७६ वैशाखसम्म) : ८ अर्ब ३९ करोड ८ लाख १२ हजार

-कुल : ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार

-दाखिला गरेको रकम : २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार

-अब बाँकी : ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);