हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको हाइड्रो पावरमा वित्तीय संस्थाले लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको हाइड्रो पावरमा वित्तीय संस्थाले लगानी गर्ने

काठमाडौं, २० पुष । हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौं, सेञ्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

धादिङको आँखु खोलामा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको आयोजनाको कुल लागत ६ अर्ब ३० करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाले आयोजनामा चार अर्ब ७२ करोड लगानी गर्नेछन् । एक अर्ब २४ करोड प्रवद्र्धक हाइड्रो सोलुसनले लगानी रहनेछ । स्थानीयवासीका लागि १६ करोड र २४ करोड बराबरको साधारण शेयर जारी हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);