कांग्रेस सांसदद्वारा संविधान संशोधनको विधेयक दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कांग्रेस सांसदद्वारा संविधान संशोधनको विधेयक दर्ता

काठमाडौ, २१ जेठ । नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् । सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताउनुभयो ।

उहाँले आफुहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताउनुभयो ।

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चित्रलेखा यादव, तेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी लगायतका सांसद संसद सचिवालय पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);