विश्व बैंकद्धारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विश्व बैंकद्धारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

एजेन्सी, १३ कार्तिक । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब रुपैंयाबराबरको कृषि परियोजना स्वीकृत गरेको छ ।

नेपालको कृषि क्षेत्रको विकास र कोरोना महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले विश्व बैंकले बिहीबार ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ ।

यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोरोनाले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

विश्व बैंकका अनुसार यो परियोजना ५ प्रदेशमा केन्द्रित हुने छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);