'निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने व्यवस्था गर्न माग' | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने व्यवस्था गर्न माग’

Ippan nepal

काठमाडौं, १० असार । स्वतन्त्र उर्जा उत्पादकको संस्था, (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

इप्पानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी भारत र बंगलादेशसँग निजी क्षेत्रले पनि विद्युत विक्री वितरण गर्न पाउने गरी कानुनी व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले ६ हजार मेघावाट विद्युत उत्पादनको कामलाई अघि बढाएको निजी क्षेत्रलाई पनि भारत, बंगलादेशमा विद्युत विक्री गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउनु भयो ।

इप्पानले भारत र बंगलादेशसँग विद्युत निर्यात तथा क्षेत्रीय व्यापारका लागि स्पष्ट अवधारणा अघि सार्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);