बेसीशहरकाे खाँचेमा आमा समूहको भवन निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बेसीशहरकाे खाँचेमा आमा समूहको भवन निर्माण

लमजुङ । बेसीशहर नगरपालिका-१० खाँचेमा स्थानीयको सक्रियतामा आमा समूहको भवन निर्माण गरिएको छ ।  स्थानीयको अग्रसरतामा २७ लाख लगानीमा प्रगति ज्योति नागरिक आमा समूहको भवन निर्माण भएको हो ।

भवन निर्माण कार्यक्रमका संयोजक सोमबहादुर तामाङका अनुसार बेसीशहर नगरपालिकाको ७ लाख, आमा समूहको ५ लाख र १५ लाख चन्दा संकलन गरी भवन निर्माण भएको हो । भवनसँगै चार कोठे शौचालय निर्माण भएको छ । शौचालयका लागि स्थानीय पसबहादुर तामाङले ७ लाख रुपैयाँ सहयोग गरेका थिए ।

भवनको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले सामाजिक कार्यक्रमका लागि भवनले सहयोग गर्ने बताए । बैठक, भेला, विवाह, पुटपुटे लगायतको कार्यक्रम सञ्चालनका लागि भवन अति आवश्यक रहेको बताए । नगरपालिकाले सामुदायिक भवनलाई प्राथमिकतामा राखेर नगरपालिकाभित्र दुई सय वटा भवन निर्माण गरेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);