राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनाेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनाेट

लमजुङ। राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनाेट भएका छन् । विद्यालयको स्तरोन्नती गर्न सरकारले ल्याएको कार्यक्रम अन्तर्गत जिल्लाका ७ स्थानीय तहका यी विद्यालय विभिन्न कार्यक्रमका लागि छनाेट भएका हुन् । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत जिल्लाको बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिका ६/६ वटा विद्यालय छनाेट भएका छन् । त्यसैगरी मध्यनेपाल, सुन्दरबजार र राईनास नगरपालिकाअन्तर्गत पाँच/पाँच वटा विद्यालय छनाेटमा परेका छन् भने मस्र्याङदी र दूधपोखरी गाउँपालिकाअन्तर्गत दुई/दुईवटा विद्यालय छनाेटमा परेका छन् । क्होलासोथाँरको कुनै पनि विद्यालय यस बर्ष छनाेटमा परेको छैन । कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणका लागि आठवटा विद्यालय छनाेट भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि नौ वटा र आइसिटी स्थापनाका लागि १४ वटा विद्यालय छनाेट भएका छन् । छनाेट भएका विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ५० लाख अनुदान पाउने भएका छन् । सो बाहेक दुई कोठे भवन निर्माणका लागि प्रति विद्यालय २५ लाख र आइसिटी स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

चालु वर्ष आइसिटी कार्यक्रमका लागि मात्रै १४ विद्यालय छनाेट भएका छन् ।
त्यसैगरी चारकोठे भवन निर्माणका लागि दोर्दीमा दुई, बेसीशहरमा एक, राईनासमा एक, मस्र्याङदीमा एक, सुन्दर बजारमा एक र मध्यनेपालमा एक विद्यालय छनाेट भएका छन् । दुई कोठे भवन निर्माणका लागि भने मध्यनेपालमा एक, सुन्दर बजारमा एक, मस्र्याङदीमा एक, राईनासमा एक, दोर्दीमा दुई र बेसीशहरमा तीनवटा विद्यालय छनाेट भएका छन् ।

जिल्लामा छनाेट भएका विद्यालयअनुसार कार्यक्रमका लागि यस वर्ष कुल सात करोड १६ लाख रुपियाँ अनुदान आउने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);