मिटर ब्याजी पीडितको आन्दोलन स्थगिपत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिटर ब्याजी पीडितको आन्दोलन स्थगिपत 

काठमाडौं। मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो । सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि   आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए ।

गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् ।

माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);