साउन सुरु भएलगतै कस्मेटिक पसल तथा चुरा पसलमा चुरा लगाउनेको भिड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन सुरु भएलगतै कस्मेटिक पसल तथा चुरा पसलमा चुरा लगाउनेको भिड

काठमाडाैं । हिन्दु नारीहरुका लागि बिशेष महिना साउन शुरु भएलगतै कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ । हरियो चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ ।

अरु समयमा हरियो चुरा र कपडाको महत्वनभएपनि साउनमहिनामाभने नारीहरु प्रायत्यहीचिजमा झुमिन्छन । त्यसैलाई मध्यनजर गर्दै साउनमहिना शुरुभए लगतै विगत जस्तै यसपालीपनि काठमाडाैं सहित देभैभरका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ देखिएका छन् ।

चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा मेहन्दी बेच्न राखिएको देख्न सकिन्छ । काठमाडौको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असनका सडक किनारादेखि पार्लरसम्म चुरा र मेहेन्दी लाउनेको घुँइचो लागेको छ । यसले होलसेल तथा खुद्रा व्यापारमा हरियो चुराको माग बढेका छन् । खुद्रा बजारमा माग बढेपछि होलसेल व्यापारीलाई पनि भ्याइनभ्याइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);