तराईका बजारमा हरियो पहिरन किन्नेकाे चहलपहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

तराईका बजारमा हरियो पहिरन किन्नेकाे चहलपहल

सप्तरी। सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।

उनका अनुसार हरेक वर्ष साउनभर हरियाे पहेँलाे लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियाे पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेकाे बताइन । साउनकाे पहिलाे दिनदेखि नै तराईका साना ठूला बजारमा हरियाे, पहेँलाे पहिरन किन्ने किशाेरी र महिलाहरूकाे चहलपहल बढेकाे छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेकाे बताइन ।सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् । राजविराज नगरपालिका-१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् ‘किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु।

सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ´साउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);