बरालिएर आएको बजेट वितरणमुखी भएको कांग्रेस नेतृ भुसालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

बरालिएर आएको बजेट वितरणमुखी भएको कांग्रेस नेतृ भुसालको टिप्पणी

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उहाँले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर भएपनि बजेट बरालिएर आएको बताउनुभएको हो ।

पूँजीगत खर्च देखेर आफुहरुलाई निरास बनाएको भन्दै उहाँले कार्यकर्तालाई, नेतालाई खुसी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गर्नुभयो । विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरि प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उहाँले गर्नुभयो ।

तात्कालिन प्रधानामन्त्री विपि कोइरालाले मुलुकको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ बर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दै उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो “आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्री ज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफू जस्तै नेपाली जनतालाई कहिले बनाउने ? यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।”

उहाँले संघीयता विरोधी बजेट आएको भन्दै संशोधनको माग गर्नुभयो । उहाँले बजेट संघीयता विरोधी भएको, बजेटले प्रदेशको उन्नति र सम्मृद्धि भन्दा सिंहदरबारको सम्मृद्धि र केन्द्रको सम्मृद्धि तर्फ आँखा लगाएको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाईमा सत्यता नभएको भन्दै उहाँले तथ्यांक हेर्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसको सरकारको समयमा मुलुकभित्र धेरै रोजगारी श्रृजना भएको दाबी समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);