दुध नबिकेपछि पाल्पाका कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

दुध नबिकेपछि पाल्पाका कृषक चिन्तित

प्रकाश नेपाल
पाल्पा, ९ फागुन । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउँ गाउँपालिका ३ झुम्साका कृषकहरु दुध नबिकेपछि चिन्तित भएका छन् । झुम्साबाट उत्पादित दुध डुम्रे स्थित डेरीले पछिल्लो समय लिन छाडेपछि कृषकहरु मर्कामा परेका हुन् ।

६५ वर्षकी चन्द्रकला पाण्डे विगत १८ वर्षदेखि पशुपालन गर्दै आएकी छिन् । चन्द्रकलाको गोठमा अहिले ४ वटा दुहुुनो गाई छन् । दुधको उत्पादन पनि प्रशस्त छ । तर दुधले बजार नपाउँदा उनी निकै निराश भएकी छिन् ।

उनको घरको मुख्य आम्दानीको स्रोत नै दुध हो । तर अहिले दुध विक्री हुन छाडेपछि उनलाई जीविकोपार्जन गर्न समेत गाह्रो भएको छ । घर खर्च त परै जाओस् भएका गाईभैंसीलाई खुवाउन दाना, घाँस किन्न पनि गाह्रो भएको उनको दुखेसो छ ।

दुधको बिक्री हुन नसकेपछि आफ्नो गोठमा भएको गाईवस्तुलाई पाल्ने आँट समेत बाँकी नरहेको कृषकहरुको दुखेसो छ । झुम्साबाट उत्पादित दुध संकलन केन्द्रमार्फत डुम्रेस्थित डेरीले लिँदै आए पनि पछिल्लो समय डुम्रे क्षेत्रमै दुधको उत्पादन बढेपछि डेरीले तिनाउ झुम्सामा संकलित दुध लिन छाडेको हो ।

ऋण गरी आफ्नै लगानीमा गाई भैंसी पालनबाट समृद्धिको सपना देखेका किसानहरु दुध बिक्रि नहुँदा पशुपालनबाट पलायन हुने अवस्थामा पुगेका छन् । दुध बिक्री भएन भनेर निकास खोजी रहेका किसानले स्थानीय सरकारले चाँसो नदिएको गुनासो गरिरहँदा तिनाउ गाउँपालिकाको पशु सेवा शाखाले भने कृषकहरुले शाखासँंग समन्वय नै नगरेको जनाएको छ ।

पशु शाखाले किसानहरु समुहमा आवद्ध नभएकाले गाउँपालिकाको योजना लागु गर्न अप्ठेरो भएको भन्दै समुह गठन गरेर व्यवस्थापन गर्ने योजना रहेको शाखाले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);