आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १५ असोज । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइदैंछ ।

यस वर्ष ‘भविष्यतर्फ पाइला ः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ । उनले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकतामा जोड दिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);