अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

mahila diwas

प्रतिक्षा शर्मा

काठमाडौँ, २४ फागुन । आज अर्थात शुक्रवार १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ ।

शुक्रवार १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने मुल नारा सहित देशभर यो दिवस मनार्ईको हो ।

यो दिवसलाई महिलाहरुले आफुहरुको हक अधिकारको रुपमा लिने गरेका छन् । ¥यालीमा सहभागी भएपछि महिलाहरुले हक अघिकारका बारेमा झन अगाडी वढ्न प्रेरणा मिलेको बताए ।

बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा १५ देखि ७५ प्रतिशत महिलामाथि शारिरीक र मानसिक हिंसा हुने गरेको छ । त्यसमध्ये ३४ प्रतिशत श्रीमानले यौन हिंसा गरेको उल्लेख छ । त्यस्तै ५२ प्रतिशत महिलाले मात्रै आफनो कमाइमा नियन्त्रण रहेको छ । ३५ प्रतिशतले संयुक्त र ११ प्रतिशतको कमाइमा श्रीमानको नियन्त्रणमा छ ।

विगतको तुलनामा महिलाहरुमा जागरुकता, शसक्तिकरण भएको पाइएपनि अहिले पनि नेपालमा लैंगिक हिंसा २६ प्रतिशत, बालविवाह २९ प्रतिशत, संघीय संसदमा सहभागिता २९ दशमलब ९ प्रतिशत र प्रदेश सभामा ३४ प्रतिशत, स्थानीय तहमा ४१ प्रतिशत, संघीय सरकारमा १२ दशमलव ५ प्रतिशत सहभागिता रहेको छ ।

यता, सातैवटा प्रदेशमा महिला मन्त्रीको संख्या नाजुक अवस्था छ । संविधानले पनि महिलाहरुलाई विशेष हकको व्यवस्था गरेको छ । तर, महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक रुपमा सधै पछाडी पदै आएका छन् । यसरी उनीहरु आफु पछाडी पर्नुमा अज्ञानता प्रमुख कारण भएको सरोकारवालाहरु बताउँछन् ।

जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाहरुको द्वितीय अन्तराष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थालिएको हो । नेपालमा पनि त्यसैवेला देखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै आइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);