आज ७० औँ अन्तराष्ट्रीय मानव अधिकार दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदैँ (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज ७० औँ अन्तराष्ट्रीय मानव अधिकार दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाईदैँ (फोटोफिचर)

human rights

प्रतिक्षा शर्मा, काठमाडौं, २४ मंसिर । आज (सोमबार) ७० औं अन्तराष्ट्रीय मानव अधिकार दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ ।

नेपालमा पनि “दिगो विकास र मानव अधिकार नेपालीको मूल आधार ” भन्ने नाराका साथ देशैभर यो दिवस मनाईएको हो ।

यसरी नेपालमा मानवअधिकार दिवस मनाईरहँदा कार्यक्रममा सहभागी अघिकारकर्मीहरुले भने जनताको मानवअधिकारको रक्षालाई सरकारले प्रमुख दायित्वको रुपमा लिन सुझाव दिएका छन् । उनीहरुले सरकारको मुख्य दायित्व मानवअधिकारको संरक्षण गर्नु भएको र सरकार यसमा कटिवद्ध हुनुपर्ने बताए ।

पछिल्लो समयमा नेपालमा राजनैतिक क्षेत्रमा मानवअधिकारको अवस्था केही सुधार भए पनि, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा अभै चिन्ताजनक अवस्था छ । अझ, पछिल्ला हत्या हिंसा र बलात्कारका घटना भईरहँदा दोषीलाई कारर्बाही भन्दा राजनैतिक संरक्षण गर्नुले मानवअधिकार प्रति सरकार संवेदनशील नभएको होकी भन्ने आशंका पैदा गरेको केही अधिकारकर्मीले टिप्पणी समेत गरेका छन् ।

मानवअधिकार रक्षाका लागि आवश्यक नीति र कानुन भएपनि कार्यान्वय पक्ष अत्यन्तै कमजोर रहेकाले हत्या हिंसाका घटना बढेको अधिकारकर्मीको भनाई छ । नेपाल सरकारले मानवअधिकार सम्बन्धी अन्तराष्ट्रीय सन्धी महासन्धि अनुमोदन गरेको दृष्टिले एशियामानै नेपाल सबै भन्दा माथि हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

हत्या हिंसा लगायतका घटनामा संलग्नलाई नियन्त्रणमा लिन नसक्नु तथा दोषीलाई राजनीतिक संरक्षण दिने कामले दण्डहिनता समेत वढाउँदै लगेको राष्ट्रिय मानव अधिकारको प्रतिवेदनमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);