नेपाल मानबअधिकारलाई आत्मासात गरेर अघि बढिरहेको मन्त्री ज्ञवालीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल मानबअधिकारलाई आत्मासात गरेर अघि बढिरहेको मन्त्री ज्ञवालीको दाबी

pradip gyawali

काठमाडौं, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताएका छन् ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मासात गरिरहेको दावी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिवी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतिको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन् अन्तराष्ट्रिय समूदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);