अन्तर प्रदेश परिषदको बैठक सम्पन्न, यस्तो निस्कियो निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

अन्तर प्रदेश परिषदको बैठक सम्पन्न, यस्तो निस्कियो निष्कर्ष

pradesh nepal

काठमाडौं, २४ मंसिर । आइतबार सुरु भएको अन्तर प्रदेश परिषदको बैठक सकिएको छ । बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् ।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् । उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);