सातवटै प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री ओलीसंग भेटवार्ता, २९ बुँदे सहमति प्रति गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सातवटै प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री ओलीसंग भेटवार्ता, २९ बुँदे सहमति प्रति गुनासो

mukhya mentry

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुले सामूहिक भेटवार्ता गरेको छन् । प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए । चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तिमा पनि ३३ प्रतिशत पु¥याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

त्यसैगरी भेटवार्तामा मुख्यमन्त्रीहरुले गत मंसिर २३ गते काठमाण्डौमा सम्पन्न अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधि हुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);