पूँजी बजारमा बिदेशी लगानी भित्र्याउने सरकारी योजना छ: अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पूँजी बजारमा बिदेशी लगानी भित्र्याउने सरकारी योजना छ: अर्थमन्त्री खतिवडा

yuba raj khatiwada

काठमाडौं, २१ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने सरकारको योजना रहेको बताएका छन् ।

बिहिवारदेखि राजधानीमा शुरु भएको दक्षिण एशियाली लेखा ब्यवसायी महासंघको सम्मेलनमा अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको उल्लेख गरेका थिए । उनले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क गरे । अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेका उल्लेख गर्दैै नेपालको जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताएका छन् ।

कार्यक्रममा उनले लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । ३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);