आफू प्रधानमन्त्रीको दौडमा नरहेको देउवाको स्पष्टोक्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

आफू प्रधानमन्त्रीको दौडमा नरहेको देउवाको स्पष्टोक्ती

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् ।

देउवाले प्रमुख प्रतिपक्षी दलका नेता भनेको वेटिङ प्राइममीनीस्टर भएपनि आफूलाई प्रधानमन्त्री हुने लोभ नभएको बताएका छन्। नेकपाभित्रको आन्तरिक किचलो उनीहरुको आन्तरिक मामिला भएको भन्दै देउवाले त्यसमा पक्ष विपक्षमा नउभिने र अर्काको मामिलामा फस्न नचाहेको पनि उल्लेख गरेका छन्।

संसदमा नेकपा कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्ने देउवाको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार