दिगो विकास मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दिगो विकास मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुन्छ : प्रधानमन्त्री

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणका कामलाई तीव्रता दिइरहेको दावी गरेका छन् ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको भर्चुअल विधिबाट शुभारम्भ गर्दै प्रधानमन्त्री आलीले सरकारले दृढताका साथ दिगो विकासलाई तीब्र गतिमा अगाडि बढाएको दावी गरेका हुन् । अवको ५ वर्षभित्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने उनको भनाई छ । दिगो विकास मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने प्रधानमन्त्री ओलीको दावी छ ।

भर्चअल कार्यक्रममाफत प्रधानमन्त्री ओलीले आज एकै चोटी २ सय २० स्थनीय तह जोड्ने सडकको शुभारम्भ गरेका हुन् । यस आयोजनाका लागि चालूआर्थिक वर्षमा ५ अर्ब रुपैँया बजेट विनियोजन गरिएको छ । आयोजना कार्यान्वयन निम्ति मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणमा संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन्।

यसैगरी, १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाइ भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन्। २० किलोमिटरभन्दा लामा सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम योगदान गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);