माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाडाँमा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाडाँमा जारी

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ । बैठकमा बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समिकरण, पार्टीको नाम र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भईरहेको छ ।

साथै बैठकमा एमाले र माओवादीलाई छुट्याउने सर्वाेच्चको फैसलाको प्रभाव र चुनौतीका विषयमा छलफल हुने बताइएकोे छ । त्यसैगरी बैठकमा ६ मन्त्री सहित एमालेमा केन्द्रीय सदस्य बनेका नेताहरुलाई कारवाहीको तयारी भईरहेको बताइएको छ ।

यसअघि शनिबार बसेको बैठकले एमालेमा लागेका २३ नेताहरुलाई २४ घण्टाभित्र आफ्नो स्थितिबारे स्पष्ट पार्न पत्र पठाएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री राम बहादुर थापा सहित माओवादीका २३ नेतालाई केन्द्रीय सदस्य बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);