राष्ट्रपतिको पद र प्रतिष्ठामाथि प्रहार भयो,कांग्रेस प्रचण्डपथ अंगिकार गर्दे सत्ता कब्जाको खेलमा : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपतिको पद र प्रतिष्ठामाथि प्रहार भयो,कांग्रेस प्रचण्डपथ अंगिकार गर्दे सत्ता कब्जाको खेलमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति जस्तो गरिमामय प्रतिष्ठामाथि भइरहेको प्रहारप्रति असुन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बालुवाटारमा आयोजित प्रेस चौतारी आवद्ध पत्ररकारहरुसंगको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रको गरिमामय प्रतिष्ठामाथि धावा बोल्ने काम भएको भन्दै असुन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको दाबी गर्दे राष्ट्रपतिको अधिकारविरुद्ध प्रश्न गर्न नपाइने स्पष्ट पारेका छन् । साथै, उनले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी नेपाली कांग्रेस अहिले प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको आरोप पनि लगाए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);