सर्वोच्चको वेभसाइटबाट पराजुलीको नाम हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्चको वेभसाइटबाट पराजुलीको नाम हट्यो

काठमाडौं, १ चैत । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट गोपालप्रसाद पराजुलीको नाम हटाएको छ । सर्वोच्च अदालतले आज आफ्नो वेभसाइटबाट पराजुलीको नाम हटाएको हो । सर्वोच्चमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम सुरु गरेका छन् ।

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले उमेर हदका कारण पराजुलीले गत साउन २१ गते नै अवकाश पाइसकेको पत्र काटेको भोलिपल्ट वरिष्ठ न्यायाधीश जोशीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम सुरु गरेका हुन् । जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेसँगै इजलास पनि तोकेका छन् ।

शैक्षिक प्रमाणपत्र र जन्ममितिको विवादमा परेका पराजुलीको कार्यशैली चित्त नबुझाएर विदाका लागि निवेदन दिएका चोलेन्द्रशमसेर जबरासहितका न्यायाधीश अदालतमा हाजिर भएका छन् ।

यसैबीच न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीशबाट पदमुक्त भएको पत्र काटेपछि गोपाल पराजुलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजनीनामा दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);