सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट गोपालप्रसाद पराजुलीको नाम हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट गोपालप्रसाद पराजुलीको नाम हटायो

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट गोपालप्रसाद पराजुलीको नाम हटाएको छ ।

gopal parajuli

काठमाडौं, १ चैत । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट गोपालप्रसाद पराजुलीको नाम हटाएको छ ।

सर्वोच्च अदालतले आज आफ्नो वेभसाइटबाट पराजुलीको नाम हटाएको हो । सर्वोच्चमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा काम सुरु गरेका छन । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले उमेर हदका कारण पराजुलीले गत साउन २१ गते नै अवकाश पाइसकेको पत्र काटेको भोलिपल्ट वरिष्ठ न्यायाधीश जोशीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम सुरु गरेका हुन ।
जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेसँगै इजलास तोकेका छन । शैक्षिक प्रमाणपत्र र जन्ममितिको विवादमा परेका पराजुलीको कार्यशैली चित्त नबुझाएर विदाका लागि निवेदन दिएका चालेन्द्रशमसेर जबरासहितका न्यायाधीश अदालतमा हाजिर भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);