प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १ चैत । प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका गणेश लामा पक्राउ परेका छन् ।

प्रहरीले लामालाई चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसहित गएराति काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । गौशालास्थित पशुपति भिजन होटलमा गोली चलेको आवाज सुनेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लामामाथि अवैध सम्पति आर्जन गरेको मुद्दा लगाएकामा विशेष अदालतले केही महिना पहिले लामालाई सफाई दिएको थियो ।

लामा कांग्रेस नेता विजयकुमार गच्छदार निकट मानिन्छन् । गच्छदारले आफू सरकारमा रहेका बेला लामालाई राज्यमन्त्री बनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);